दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ११, बुधबार ११:२५

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ रमितेडाँडामा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार राति करिब ९ बजे दुर्घटनामा परेर गम्भीर घाइते बस्नेतलाई उपचारका लागि चरिकोट लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीमेश्वर नगरपालिका–५ माटी घर भएका बस्नेत विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी हालै क्याम्पसको स्ववियु सभापति बनेका थिए ।

बस्नेतले चलाएको बा ५३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री ‘सुजन’को पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस्नेतको मोटरसाइकल लामोसाँघु–जिरी सडक खण्डमा बा प्र ०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । सो मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.