खुटिया खाेलामा डुबेर ४ जनाको मृत्यु

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १७:३७

धनगढी । कैलालीको खुटिया खाेलामा डुबेर चार जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–९ स्थित खुटिया खाेलामा बिहीबार दिउँसाे नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार पाैडी खेल्ने क्रममा बेपत्ताा भएका १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार ७ जनाको समूहमा उनीहरु आज दिउँसो पौडी खेल्न गएका थिए । ती मध्ये ३ जनाको सकुशल उद्दार भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.