आशिका तामाङलाई ५ दिन कैद सजाय

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १९:१६

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला भएको छ ।

बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङलाई पाँच दिन कैद र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा सजाय सुनाइएको हो ।

सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप थियो । त्यही विषयमा नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.