मोरङमा भेटियो नहरले बगाएर ल्याइरहेको महिलाको शव

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार ११:२३

विराटनगर । मोरङको बुढीगंगामा नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा १ जना महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार शुक्रबार बिहान करिब ८ः३० बजेतिर शव फेला परेको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बुढीगंगा गाउँपालिका–७ मा शव भेटिएको हो । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले बगाएर ल्याइरहेको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिए पनि पहिचान हुन नसकेको चुँडालले बताइन् ।

‘नहरले बगाएर ल्याइरहेको जानकारी पाउनसाथ प्रहरी चौकी कोयलपुरबाट पुगेको प्रहरी टोलीले बाहिर निकालेर हेर्दा महिलाको मृत्यु भइसकेको थियो । तर, मृतकको पहिचान खुल्न नसकेको छैन । सबैतिर हुलिया परिपत्र गरेर पहिचानको प्रयास भइरहेको छ,’ उनले भनिन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.