
काठमाडौं । सांघाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका छन् ।
शनिबार दिउँसो ओली चीनको थियानजिन शहरमा पुगेका हुन् ।
थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि आजै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
एससिओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्ने तय भएको छ ।

























