निजामती विधेयकको मस्यौदा तयार (पूर्णपाठ)

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १७, मंगलबार १२:३६

काठमाडौं । संघीय निजामती सेवा विधेयकको विषयमा लामो समयदेखि चलिरहेको बहस अन्ततः टुंगोमा पुगेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकसम्बन्धी प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।

जसलाई मंगलबार समिति सभापति तुलसाकुमारी दाहालमार्फत राष्ट्रियसभा बैठकमा प्रस्तुत गर्ने तयारी छ । समितिमा भइरहेको छलफलमा सत्तारूढ दलका सांसदहरू ५९ वर्षमै अनिवार्य अवकाश दिने अडानबाट पछि हटेपछि विधेयक सहजै पारित हुने बाटो खुलेको हो ।

प्रारम्भिक अवस्थामा अवकाश उमेर ५९ वर्ष तोक्ने प्रस्ताव गर्दा त्यसले विवाद सिर्जना गरेको थियो । कर्मचारी संगठनहरू, विपक्षी सांसद र कानुनविद्हरूले पनि त्यसलाई व्यवहारिक नदेखिएको भन्दै तीव्र आपत्ति जनाएका थिए । अन्ततः समितिमा सहमति जुटेपछि प्रतिवेदन मस्यौदा तयार भएको हो ।

प्रतिवेदनमाथि समिति सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । त्यसपछि प्रतिवेदनलाई बहुमतले पारित गरिनेछ । पारित प्रतिवेदन सभापति दाहालले बुधबारकै राष्ट्रियसभा बैठकमा पेस गर्ने कार्यसूची तय गरिएको सचिवालयले जनाएको छ ।

अब राष्ट्रियसभाबाट विधेयक पारित भएलगत्तै यो प्रतिनिधिसभामा पठाइनेछ । प्रतिनिधिसभाले पनि फेरि छलफल गरेर पारित गरेपछि अन्तिम प्रक्रिया स्वरूप राष्ट्रपतिबाट प्रमाणीकरण हुनेछ । त्यसपछि मात्र विधेयकले ऐनको रूप लिँदै कार्यान्वयनमा आउनेछ ।

यसरी लामो समयदेखि अल्झिएको निजामती सेवा विधेयक अब कानुनी रूप लिने अन्तिम चरणमा पुगेको हो । अवकाश उमेरको विवाद टुंगो लागेसँगै निजामती सेवामा संरचनागत स्पष्टता आउने अपेक्षा गरिएको छ ।

यस्तो छ मस्यौदा

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.