अमेरिकाले १९ जना नेपालीलाई काठमाडाैंमा छाड्याे

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २०, शुक्रबार ०९:२२

काठमाडौं । १९ जना नेपाली नागरिकलाई अमेरिकाले त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । डिपोर्ट गरिएकामध्ये १९ जना बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएको हाे ।

अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ । पछिल्लो समय ३७ जना नेपालीलाई डिपोर्टको तयारी गरिएको थियो । तर १९ जनालाई मात्रै ल्याइएको जनाइएको छ ।

जसमा १७ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमा ल्याएर छाडिदिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यगमन अधिकृत अन्जन न्यौपानेका अनुसार उनीहरूलाई अध्यागमनले बुझेपछि प्रहरीलाई बुझाइएको छ । वरिष्ठ अध्यागमन अधिकृत न्यौपानेका अनुसार डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि अमेरिकाले २३४ जना नेपालीलाई डिपोट गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.