सांकेतिक तस्बिरविराटनगर । सगरमाथाकाे आधार शिविर जाँदै गरेका विदेशी नागरिककाे मृत्यु भएकाे छ । शनिबार खुम्बु पासाङल्हामु गाउँपालिका ४ मिलुङगाकाे हाेटलमा बास बसेकाे अवस्थामा ६८ वर्षीय क्यानडाका नागरिक रिचर्ड निगेल सिर्लेकाे मृत्यु भएकाे हाे ।
सगरमाथा बेश क्याम्प जाने क्रममा गुडलक होटलमा बास बसेका उनी अचानक लेक लागी बिरामी भएका थिए । उपचारका लागि लैजाने क्रममा खुम्बु पासाङल्हामु गा.पा. ४ स्थित दिबुचे हेलिप्याडमा मृत्यु भएको प्रहरीले बताएकाे छ ।

























