
काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरुले आन्दोलन गर्ने भएका छन् । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलनको घोषणा गरेको हो ।
सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।
उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् । नेतृत्व कसले गर्छ, भन्ने टुङ्गो छैन । तर, उद्देश्य सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ भनिएको छ । याे आन्दाेलनमा दुर्गा प्रसाईँ पनि मिसिने भएका छन् ।

























