सरकारले भन्यो ‘भीपीएन प्रयोग नगर्नू’

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २२, आइतबार १८:१९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आग्रह गरेको छ । बिहीबार सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्दको घोषणा गरेको थियो ।

भीपीएनको प्रयोग बढेपछि आइतबार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले विज्ञप्ति जारी गरी सूचीकरणमा नआएका कारण सामाजिक सञ्जाल निष्क्रिय गरिएको उल्लेख छ ।

“सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि आह्वान गरेको थियो,” विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराइएको र हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएका छन् ।”

सामाजिक सञ्जाल एक्सले भने सूचीकरणका निम्ति विवरण माग गरेको विज्ञप्तिमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.