
काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी)ले प्रदर्शन गरिरहेका छन् । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंसहित देशका विभिन्न स्थानमा नयाँ पुस्ताले प्रदर्शन गरेका हुन् ।
स्वतःस्फुर्त रूपमा माइतीघर मण्डलामा भेला भएका युवाहरुले विभिन्न नाराका साथ प्रदर्शन गरिरहेका छन् ।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सनलगायतका नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरिरहेका हुन् ।
आजको प्रदर्शनमा उनीहरूले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक समेत लगाएका छन् ।

























