जेनजीको प्रदर्शनले संसद भवन परिसर तनावग्रस्त

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १२:१९

काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरूको प्रदर्शनका कारण बानेश्वरस्थित संसद भवन परिसर तनावग्रस्त बनेका छन् ।

प्रदर्शनमा उत्रिएकाहरु प्रहरीको घेरा तोडेर संघीय संसद भवनभित्र प्रवेश गरेपछि अवस्था तनावपूर्ण बनेको हो । प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्दै संसद भवनभित्र प्रवेश गरेका हुन् ।

उनीहरू गेटबाट माथि चढेर संसद भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ । तर, स्थिति नियन्त्रणमा आउन नसकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.