
काठमाडौं । काठमाडौंमा कर्फ्यु आदेश जारी गरिएको छ । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत पसेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अवस्था झन् तनावपूर्ण भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्नु परेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताए ।

























