
काठमाडौं । सरकारकाविरुद्ध युवापुस्ताले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेकाे मृत्यु भएपछि नयाँ बानेश्वर क्षेत्र थप तनावग्रस्त बनेकाे छ ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको हो । ७०–८० जना प्रदर्शनकारी उपचाररत छन् ।

























