
काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलन दमन गर्न प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।
७० जना भन्दाबढी घाइते भएका छन् ।
प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको हो । सिभिल अस्पतालमा उपचारको क्रममा अर्का एक जनाको मृत्यु भएको हो ।
प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले दमन गरेको थियो । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ ।
मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको हाे । तर, कर्फ्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् ।

























