
काठमाडौं । युवाहरुको प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
युवाहरुले गरेको प्रदर्शनमा दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भएको हो ।
ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भइसकेको छ । सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

























