प्रधानमन्त्रीको घरमा ढुंगामुढा

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १६:४९

विराटनगर । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गएको प्रदर्शनकारीको समूहलाई प्रहरीले रोकेको छ ।

सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवास तर्फ लागेका थिए ।

निवास पुग्नबाट प्रहरीले रोकेको हो । झापाको दमक स्थित ओलीको निवासको करिब १ मिटर टाढाबाट प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।

प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई प्रधानमन्त्रीको निवास अगाडिबाट हटाएको झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए । दमक नगरपालिका अगाडि प्रदर्शनकारीमाथि प्रहरीले गाेली चलाएकाे थियाे । गाेली लागेर १ जना घाइते छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.