इटहरीमा गोली लागेर ३ जना घाइते

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १७:२९

इटहरी । प्रहरीले चलाएको गोली लागेर सुनसरीको इटहरीमा ३ जना घाइते भएका छन् । जेनजी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । आन्दोलनले उग्र रूप लिएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसकेको छ ।

आन्दोलनकारीले इटहरी उपमहानगरपालिकामा आगजनीसमेत गरेका छन् । आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए ।

अहिले इटहरीको ठाउँ–ठाउँमा आगजनी भइरहेको छ । अवस्था तनावपूर्ण रहेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले प्रहरी कार्यालयमा ढुंगामुढा हुन थालेपछि गोली चलाउनु परेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.