जेनजी आन्दोलनका कारण विराटनगरमा दुई दिन विद्यालय बिदा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र २३, सोमबार १९:०५

विराटनगर । जेनजी आन्दोलनका कारण विराटनगरमा दुई दिन विद्यालय बिदा गर्ने निर्णय भएको छ । मंगलबार र बुधबार विद्यालय कलेज बिदा गर्ने निर्णय भएको हो । साेमबारकाे प्रदर्शनमा विद्यार्थी स्कुल कलेज पाेशाकमै सहभागि भएका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सरोकारवालाहरुको बैठकले भोलि र पर्सी  कलेज बिदा दिने निर्णय गरेकाे हाे । उनका अनुसार स्कुल भने भोलि मात्रै बिदा हुनेछ । ‘विराटनगरमा सरोकारवालाहरुले विद्यालय बिदा गर्ने निर्णय गरेको जानकारी आएको थियो,’उनले भने ।

जेनजीको आन्दोलन उग्र बनेपछि प्याब्सन र हिसानले विद्यालय बन्दका लागि स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीका अनुसार मंगलबार र बुधबार २ दिन विराटनगरमा विद्यालय बिदा दिने हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.