इटहरीमा कर्फ्यु , विराटनगरमा यातायात बन्दको आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र २४, मंगलबार ०९:३७

विराटनगर । सुशासन र सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहित सोमबार भएको प्रदर्शनीमा प्रहरीले बल प्रयोग गरेको विरोधमा जेनजी पुस्ताले विराटनगरमा यातायात बन्दको आह्वान गरेका छन् । इटहरीमा भने कर्फ्यु लागेको छ ।

आज बिहान ११ बजेबाट विराटनगरमा यातायात बन्दको आह्वान गरेका हुन् ।

Advertisement

‘तपाईंहरूले बिहान ११ बजेसम्म आफ्नो काम सक्नुहोला, त्यसपछि यातायात बन्द गर्छौं,’ आन्दोलनरत पक्षले भनेको छ ।

स्थानीय प्रशासनका अनुसार मोरङको अवस्था सामान्य छ । सुनसरीको इटहरीमा भने सोमबारदेखि नै कर्फ्यु यथावत छ ।

सोमबार प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले इटहरीमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.