
काठमाडौं । आन्दोलनरत पक्षलाई शान्तिपूर्ण समाधानका लागि वार्तामा आउन राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।
मंगलबार अपिल जारी गर्दै उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका हुुन् ।
राष्ट्रपतिले भनेका छन्,‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

























