विराटनगरको बाल सुधारगृहबाट बाल बिज्याइँकर्ताहरु फरार

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २५, बुधबार १२:००

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान बाल बिज्याइँकर्ताहरु फरार भएका छन् । गृहमा रहेकामध्ये २ सय भन्दा बढी बाल बिज्याइँकर्ताहरु भागेको प्रहरीले जनाएको छ ।

गृहमा २ सय ५५ जना बाल बिज्याइँकर्ताहरु थिए । तीमध्ये करिब ५० जनाजति भने नभागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ‘५० जनाजति भित्रै बसे । अरु बाल सुधारगृहबाट फरार भए,’ प्रहरीका १ अधिकृतले भने ।

ती अधिकृतका अनुसार गृहको मुख्य गेटको चाबी एक्कासि फुटाएर बाल बिज्याइँकर्ताहरु भागेका हुन् । गृहको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लछारछपार पार्दै उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।

सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । फरार भएकामध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको छ । भागेकालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सुरक्षाकर्मीसहितको टोलीले नियन्त्रणमा लिएकाहरुलाई सुधारगृहभित्र लगिएको छ । फरार भएका बाल बिज्याइँकर्तालाई स्थानीयले पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.