
विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको विराटनगरका दुई अदालत कर्मचारी र कानुन व्यावसायीले सरसफाइ गरेका छन् । बिहीबार जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगर कर्मचारी र अधिवक्ताले सरसफाइ गरेका हुन् ।
जिल्ला अदालत मोरङको तामेली फाँटमा रहेका करिब ८० प्रतिशत कागजात जलेर नष्ट भएको छ । करिब २० प्रतिशत कागजमा क्षति भएको श्रेस्तेदार मणि पोखरेलले बताए ।
‘हामी सबै कर्मचारी र वकिलहरु मिलेर सरसफाइ तथा क्षति भएको र बचेको छुट्याउने काम गरिरहेका छौं,’ उनले भने,‘ अदालतभित्र आगो लागेको कारण प्राय जलेरको अवस्था छ । अहिले पनि सहज रुपमा भित्र पस्न सकिएको छैन ।’
उच्च अदालत विराटनगरका रजिष्टार जगदिशप्रसाद भट्टले अदालतको अभिलेख शाखामा रहेका मिसिल र कागजात जलेर पूर्ण नष्ट भएको बाताए । ‘बचेका केही भए काम लाग्दैनन्, फाँटमा रहेका मिसिलहरु आधा जलेरका छन्,’ उनले भने,‘ भवनमा पनि क्षति पुगेको छ, भवनको माथिल्लो भाग पनि जलेको छ,माथिल्लो तलाहरु भन्दा भूइँ तलामा धेरै नै क्षति पुगेको छ ।’

























