
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सबै पक्ष तयार भएको छ । जेनजी आन्दोलनको जगमा उनी सरकार प्रमुख बन्न लागेकी हुन् ।
उनी नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख बन्ने छिन् । उनकाे नियुक्ति आज गर्ने तयारी छ । तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न सकेकाे छैन । ।
जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान छ । पुराना दल र राष्ट्रपति पौडेलले संसदबाट निकास निकाल्ने पक्षमा छन् ।

























