जेनजी आन्दोलनका मृतकको शव परिवारलाई जिम्मा लगाउन थालियो

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार १४:२६

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने प्रक्रिया सुरु भएको छ ।

महाराजगञ्जस्थित महाराजगञ्ज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर क्रमशः सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।आन्दोलनका क्रममा देशभर ५१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये प्रहरी र प्रदर्शनकारी दुवै पक्षका व्यक्ति रहेका छन् । प्रहरीतर्फ वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १ जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगका कारण २१ जनाको मृत्यु भएको घिमिरेले जानकारी दिए । आन्दोलनकै क्रममा विभिन्न स्थानमा भएको आगजनी, भिडभाड र भगदौडका कारण तथा करेन्ट लागेर १८ जनाले ज्यान गुमाएका छन् ।

यसरी मृत्यु भएका सबै शवको परीक्षण गरेर परिवारलाई बुझाउने काम जारी रहेको प्रहरीले जनाएको छ । मृतकका परिवारले यसअघि शव नदिएको गुनासो गरिरहेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.