
विराटनगर । संविधान भित्रबाटै वर्तमान राजनीतिक संकटको निकास खोज्न माग गर्दै विराटनगरमा मौन प्रदर्शन भएकाे छ ।
मोरङ जिल्ला बार एशोसिएसनमा भेला भएर कानुन व्यवसायी, पत्रकार र पेशाकर्मीहरुले संविधान भित्रैबाट निकास खोज्न माग गर्दै मौन प्रदर्शन गरेका हुन् ।
‘सेभ द नेसन, सेभ द कन्स्टिच्युसन’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघलले जेनजीकाे आन्दोलनबाट सृजित समस्याकाे संविधान भित्रैबाट निकास खोज्न माग गरेका हुन् ।

























