
विराटनगर । जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरेर मोरङमा लगाइएको कर्फ्यु शनिबारबाट हटेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको जानकारी दिए । अवस्था सामान्य बन्दै गएकाले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा र कर्फ्यु तत्काललाई हटाइएको उनको भनाइ छ ।


























