प्रधानमन्त्रीले भेटिन् जेनजी आन्दोलनका घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र २८, शनिबार १९:११

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएकालाई शनिबार भेटेकी छन् ।

उपचाररत अस्पतालमै पुगेर उनले घाइतेहरुलाई भेटेकी हुन् । साथै, घाइते युवाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

Advertisement

काठमाडौंको सिभिल अस्पताल र ट्रमा सेन्टर पुगेर उनले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताललाई आग्रह गरेकी छन् ।

आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । घाइते भएका २ सय ५० जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.