
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले आइतबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनले राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ता नियुक्त हुन्छन् । नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ महान्यायाधिवक्ताले राजीनामा दिने र प्रधानमन्त्रीले नयाँ नियुक्त गर्ने अभ्यास छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले नयाँ महान्यायाधिवक्ताको सिफारिस गरिसकेकी छैनन् । बडालले राजीनामा दिएसँगै नयाँ महान्यायाधिवक्ता नियुक्त गर्ने बताइएको छ ।

























