जिल्ला प्रशासन कार्यालयकाे अभिलेख जल्याे,सेवा प्रवाह गर्न नसक्ने

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २९, आइतबार १७:०८

विराटनगर । जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अर्काे अनिश्चिनकालका लागि स्थगित गरेको हो  ।

जसले गर्दा नागरिकता, राहधानी र राष्ट्रीय परिचय पत्र बनाउनु पर्ने सेवाग्राही मार्कामा परेका छन् ।

अराजक समूहले आगजनी गर्दा  प्रशासनको नागरिकता, राहदानी, राष्ट्रीय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् । अन्य महत्पूर्ण कागजात र उपकरणहरु पनि जलेर खरानी भएको छ ।

तत्काल सेवा प्रवाह गर्न नसक्ने भएका कारण अर्काे सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी  सरोज कोइरालाले  जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.