
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएका व्यक्तिहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ ।
शोक दिवस कहिले मनाउने भन्ने समयसीमा मन्त्रिपरिषद्ले तय गर्नेछ । त्यस्तै, मृतकका परिवारका लागि काजकिरिया खर्चका रूपमा तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।
यस निर्णयले आन्दोलनमा ज्यान गुमाएका परिवारप्रति सरकारले सहानुभूति र सम्मान प्रकट गरेको देखिन्छ ।

























