
विराटनगर । नेपाल प्रहरीका ४८ जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । सरुवा हुँदा १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ । उनको स्थानमा कवित कटुवाल आएका छन् । सुनसरीका प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिनाको स्थानमा केवश थेवे आएका छन् ।
सप्तरीमा गौतम कुमार केसी,कास्कीमा नविन कार्की र कैलालीमा नरेन्द्र चन्दलाई पठाइएको छ ।
प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार यो सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


























