
काठमाडौं । जेनजनी आन्दोलनका क्रममा अराजक समूहले आगो लगाउँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन् ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको बायाँ हात काटिएको हो ।
स्रोतका अनुसार, शल्यक्रियाका क्रममा उनको बायाँ हात काटिएको हो ।
उनलाई शल्यक्रियापछि अहिले वार्डमा सारिएको छ । ‘उहाँको स्वास्थ्य अवस्था अहिले ठिक छ , सुधारोन्मुख हुँदै गएको छ,’ अस्पताल स्रोतले भन्यो ।

























