नारायणगढ – मुग्लिन सडक १२ घण्टादेखि अवरुद्ध

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ४, शनिबार ०७:५१

काठमाडौं । पहिराेका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

मुग्लिननजिकै तुइन खोलाछेउमा हिजो साँझदेखि पहिरो झरेका कारण उक्त सडकखण्ड पूणरूपमा अवरुद्ध भएको हो ।

पहिरोको कारण सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । पहिरो झर्नेक्रम अझै जारी छ । पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरबाट दुईवटा लोडर र एउटा इस्काभेटर पठाइसकेको जनाएको छ ।

“सुरक्षालाई मध्यनजर गर्दै पहिरो झर्न रोकिएपछि सवारी आवागमन सूचारू गरिनेछ,” डिभिजन कार्यालय भरतपुरले भनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.