
काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनले पनि नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न पाउने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको निर्देशन पछि यात्रुबहाक बसले पनि सुरुङ मार्ग प्रयोग गर्न पाउने भएका हुन् ।
‘काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्ग (नागढुंगा–सिस्नेरी)बाट बाहिर जाने,’ मन्त्रालयको निर्णयमा भनिएको छ, ‘दशैंपछि माथि उल्लिखित सवारी साधनहरू प्रवेश गर्न गराउन व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने ।’
मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग शनिबार छलफल गरेका थिए ।

























