नेपाल लेखापढी एसोसिएसनको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ४, शनिबार १६:४४

विराटनगर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः निर्वाचित भएका छन् ।

बुढीगंगा गाउँपालिकामा घर भएका न्यौपाने एसोसिएसनको लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न भएको निर्वाचनमा न्यौपानेको प्यानल नै निर्वाचित भएको हो ।

न्यौपाने २२० मतका साथ अध्यक्षमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकेन्द्रनाथ पोखरेलले ५४ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तोयानाथ काफ्ले, सहसचिवमा अजयकुमार साह, कोषाध्यक्ष, हृदयकुमार राजवंशी र सह कोषाध्यक्ष हरेराम यादव निर्वाचित भएका हुन् ।

त्यस्तै, कार्य समिति सदस्यमा आसनारायण चौधरी, जानकीकुमारी माझी, निरज यादव, वेदनाथ निरौला, मनोजकुमार थापा, रमेशकुमार यादव र सन्तोषकुमार पूर्व विजयी भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.