
काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत सार्वजनिक भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विभिन्न देशमा टीकाको साइत सार्वजनिक गरेको हो ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार भारतमा ११ः ४९, अमेरिकाको न्युयोर्कमा ११ः२५, अमेरिकाको फ्र्यांकफर्ट, केन्टुकीमा ११ः५७, टेक्सासमा ११ः३३, क्यालिफोर्नियामा ११ :११, क्यानडाको टोरेन्टोमा ११:११, अष्ट्रेलियाको सिड्निमा ११ः४३ बजेको साइत उत्तम रहेको जनाएको छ ।
२०८२ सालको दसैँ असोज ६ गतेदेखि सुरु हुन्छ ।


























