
विराटनगर । कोशी लोकमार्गकाे विराटनगर महानगरपालिका-४, दुध फारम अगाडिसवारी दुर्घटना हुँदा एक युवककाे मृत्यु भएकाे छ ।
शनिरबार साँझ करिब ७ बजे भएको दुर्घटनामा सर्लाही नेत्रगन्ज गाविस-७ घर भई हाल सुन्दरहरैंचा-४ बस्ने प्रदिपबहादुर भण्डारीको मृत्यु भएको हाे ।
बरगाछीबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प २१९७ नम्बरको स्कुटरले बाटो काट्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करपश्चात स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा स्कुटर चालक भण्डारी गम्भीर घाइते भएका थिए ।
दुर्घटनालगत्तै उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । तर, अस्पताल पुर्याएको केही समयपछि चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

























