
विराटनगर । बास्तोला प्रतिष्ठान नेपालले विराटनगर महानगरपालिका–१९ दुर्गा मन्दिरको सभाहलमा पहिलो साधारणसभा सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार सम्पन्न साधारणसभाले टीकाप्रसाद बास्तोलालाई अध्यक्षमा चयन गरेको छ । सोही कार्यसमितिमा डेककुमार बास्तोला उपाध्यक्ष, लीलाराम बास्तोला महासचिव, दिपेश बास्तोला सचिव र रामचन्द्र बास्तोला कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यमा अर्जुन बास्तोला, देवकुमारी बास्तोला, मातृका बास्तोला, केदार बास्तोला, इन्द्रलाल बास्तोला र सीता बास्तोला चयन भएका छन् । साधारणसभाले आमन्त्रित सदस्यका रुपमा योगेन्द्र बास्तोला र उदय बास्तोलालाई चयन गरेको छ भने सल्लाहकार समिति पनि गठन गरिएको छ ।
सल्लाहकार समितिमा मोतिलाल बास्तोला, भगीरथ बास्तोला, सुशील बास्तोला, गोपालकुमार बास्तोला, टेककुमार बास्तोला, भूपप्रसाद बास्तोला, रमेशकुमार बास्तोला, लक्ष्मीप्रसाद बास्तोला र विष्णु बास्तोला अटाएका छन् । साधारणसभामा सहभागी सदस्यहरूले प्रतिष्ठानको आगामी योजना, कार्यक्रम र समाजिक योगदानका विषयमा विस्तृत छलफल गरेका थिए ।























