
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन् ।
संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयकलाई राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणित गरेका हुन् ।
यससँगै लामो समयदेखि अल्झिएको नागरिकता सम्बन्धी कानुनी प्रक्रिया अघि बढ्ने मार्ग प्रशस्त भएको छ ।


























