उदयपुरमा ढिस्कोले पुरिएर महिलाको मृत्यु

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ५, आइतबार १५:४४

उदयपुर । उदयपुरमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १ जना महिलाको मृत्यु भएको छ ।

दसैँका लागि घर लिपपोत गर्नलाई माटो खन्न गएकी त्रियुगा नगरपालिका–३ की २४ वर्षीया रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । राई आफ्नो घरको लिपपोतका लागि माटो लिन स्थानीय गेरुवाई खोला गएकी थिइन् ।

माटो खन्ने क्रममा अचानक माथिबाट ठूलो ढिस्को खस्दा पुरिएकी उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.