
काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुलेको छ ।
तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी मात्रै खुलेको राजमार्ग सोमबार साँझबाट दुईतर्फी खुलेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझमात्र एकतर्फी खुलेको थियो ।

























