निर्वाचन ऐन संशोधनको तयारी, अध्यादेश ल्याउने गृहकार्यमा मन्त्रालय

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार ११:३९

काठमाडौं । निर्वाचन ऐन संशोधनको तयारी गरिएको छ । ऐन संशोधनका लागि गृह मन्त्रालयले अध्यादेश ल्याउने गृहकार्य गरिरहेको छ ।

यसअघि निर्वाचन आयोगले १६ वर्ष पूरा गरेका नागरिकलाई मताधिकार दिनुपर्ने प्रस्ताव सरकारसमक्ष पेस गरिसकेको थियो । सोही प्रस्तावका आधारमा गृह मन्त्रालयले अध्यादेशमार्फत कानुन संशोधनको तयारी गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सुझाव पठाएपछि निर्णय गर्ने जिम्मा सरकारकै हो । उनले भने, ‘आयोगले प्रस्ताव पठाइसकेको छ । अब सरकारले नै त्यसमा अघि बढाउन सक्छ ।’

मन्त्रालय स्रोतका अनुसार हालैको मन्त्रिपरिषद् बैठकमा निर्वाचनसम्बन्धी ऐन संशोधन अध्यादेश ल्याउने तयारी भए पनि, विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिने विषयमा थप छलफल आवश्यक देखिएपछि तत्काल रोकिएको थियो । मन्त्रालयले अहिले आवश्यक गृहकार्य पूरा गरेर अध्यादेश ल्याउने तयारी गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.