दुवाडीलाई हटाएर दंगाललाई गृहसचिवको जिम्मेवारी

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार १३:३८

काठमाडौं । सरकारले गोकर्णमणि दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ ।

दंगाल यसअघि रक्षासचिवको रूपमा कार्यरत थिए । उनी गृह प्रशासनकै ‘क्याडर’का अधिकारी हुन् । दुवाडीमाथि जेनजी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका बेला सरकारले उनलाई गृहसचिवको जिम्मेवारीबाट हटाएको हो ।

उनलाई योजना आयोगको सचिवालयमा लैजाने तय भएको स्रोतले जनाएको छ । सरकारको नयाँ निर्णय मंगलबार वा बुधबारभित्र कार्यान्वयनमा आउने बताइएको छ ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएको भए पनि दुवाडीलाई उन्मुक्ति दिइएको थियो । सरकारले विवादास्पद अधिकारीको स्थानान्तरण गर्दै गृहसचिव परिवर्तन गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.