सुन्दरहरैँचाका पूर्वनगर प्रमुखले जुटाए नगरपालिकालाई सहयोग 

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार १८:२८
सुन्दरहरैँचाका पूर्व नगर प्रमुखले जुटाए नगरपालिकालाई सहयोग 

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाका पूर्वप्रमुख शिवप्रसाद ढकालले नगरपालिका कार्यालयलाई विभिन्न सामग्री सहयोग जुटाएका छन् ।

जेनजी आन्दोलनका क्रममा नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड भएपछि त्यहाँ रहेका सम्पूर्ण सामान नष्ट भएको थियो । आगजनी, तोडफोडबाट सुन्दरहरैँचा नगरपालिका कार्यालयका भवन, कम्प्युटर, टेबल कुर्सीलगायत आवश्यक सम्पूर्ण कागजात ध्वस्त भएको थियो ।

नगरपालिकाका सबै सामान जलेर नष्ट भएपछि नगरवासीले नगरपालिकाबाट पाउने सेवा लिनबाट वञ्चित भएपछि काम काम गर्न सहज होस् भनेर कम्प्युटर लगायतका आवश्यक सामान एक कार्यक्रमका बीच पूर्वप्रमुख ढकालले नगर प्रमुख केदारप्रसाद गुरागाईंलाई हस्तान्तरण गरे ।

पूर्वप्रमुख ढकालको नेतृत्वमा आरएनजी क्रंक्रिट, केबी अनिता श्रेष्ठ, विराट डेन्टल क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किरान स्टोर, जयश्री क्रंक्रिट उद्योग, कञ्चनजंघा इन्डष्ट्रिज, विशाल खरेल, रोयल वरिष्ठ हाउजिङ एण्ड रियल स्टेट, साहार पूर्वाञ्चल हाउजिङ रियल स्टेट र सीपीएन इन्फोसिसले ८ थान कम्पयुटर, ४ थान प्रिन्टर, १० थान टेबल र १० वटा दराज सहयोग गरेका छन् ।


सो अवसरमा सुन्दरहरैँचा प्याब्सन नगर समितिले समेत कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको थियो ।

जलेको कोठामा सामान्य मर्मत गरी कार्यालय सञ्चालन भए पनि आवश्यक सामानको अभावमा काम गर्न अप्ठ्यारो भएको थियो । अब केही सजिलो हुने सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईंले बताए ।

नगरपालिकाको कार्यालय भवन जलेर पूरै ध्वस्त भएकाले यसको पुनर्निर्माण  गर्नका लागि ४ करोड बढी रकमको प्रारम्भिक स्टमेट गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए ।

आन्दोलनकारीहरूले नगरपालिकाको भवन, नेपालरिका होटल, एमाले नेता भानुभक्त ढकाल, पूर्वप्रमुख शिवप्रसाद ढकाल, नगर प्रमुख गुरागाईं, नेपाली कांग्रेसको कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.