मुग्लिन–नारायणगढ सडक आज पनि बन्द,वैकल्पिक सडक प्रयोग गर्नुपर्ने

Share this
809shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ८, बुधबार ०७:१०

काठमाडौं । पहिराे पन्छाउन समय लाग्ने भएपछि मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ ।

हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने अवस्था रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ,” सडक डिभिजन कार्यालय चितवनले भनेको छ, “पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएको छ ।”

सडक डिभिजन कार्यालयले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

पटकपटक गइरहेको पहिरोका कारण यो सडकखण्ड प्रयोग गर्ने यात्रुले यो वर्ष समस्या झेल्नु परेको छ । पछिल्लाे डेढ सातामा १३ पटक पहिराे गएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.