विराटनगरमा घरको छतबाट खसेर राजेन्द्रको मृत्यु

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ८, बुधबार ०७:५९

विराटनगर । विराटनगरमा घरको छतबाट खसेर मंगलबार राति १ जना पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार पौडेल ३ तले घरको छतमा थिए ।

राति ११ः४५ बजेतिर ३ तलामाथिको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पुर्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

शव हाल विराट नर्सिङ होममै छ । पौडेल के गर्ने क्रममा घरको छतबाट खस्न पुगेका हुन् भनेर यकिन भइसकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चुँडालले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.