
विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । बुधबार विराटनगर आएका अर्थमन्त्री खनालले सुनसरीको इटहरीमा भदौ २३ को प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका मोरङको बुढीगंगा–७ का सान्तनु ढकाललाई भेटेका हुन् ।
ढकाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
घाइते ढकालको अहिले विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, सान्तनुलाई निःशुल्क उपचार प्रदान गरिएको छ ।

























