पहिरोमा परेर २ बालिका बेपत्ता

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ८, बुधबार १८:४४
फाइल फोटो ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा बुधबार दिउँसो पहिरोमा परेर २ जना बालिका बेपत्ता भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी १७ वर्षीया छोरी फूलमाया लामा र उनी ५ वर्षीया बहिनी मनमाया लामा पहिरोमा परेर हराएको सिन्धुपाल्चोक प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

दिउँसो करिब ४ः४५ बजेतिर सडक माथिबाट आएको लेदोमिश्रित पहिरोमा परेर उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.