माैसम : काेशी र बागमतीमा वर्षाकाे सम्भावना

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार ०६:२४

काठमाडौं । मनसुनी वायुको प्रभाव कमजोर रहेपनि स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाे छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागले राति देशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.